काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्दोलन अझै जारी छ । बुधबार पनि सभापति रवि लामिछानेको रिहाइको माग गर्दै पार्टीका कार्यकर्ताहरुले विरोध तथा ¥याली गरेका हुन् ।
कार्यकर्ताहरुले ‘दुई दल्य दलाल भ्रष्ट सिन्डिकेटधारी सरकारको चिहान, सर्वहारा श्रमजिवी पिडित भुइ मान्छेको बिहान’ भन्ने नाराका साथ आन्दोलन जारी राखेका छन् ।
रास्वपाको यस प्रदर्शनमा देशभरबाट एक हजार भन्दा बढी नेता कार्यकर्ता पोखरा आएका बताइएको छ ।
यसै बीच रास्वपाको आन्दोलनमा पोखरावासीको साथ नपाएपछि रास्वपाका नेताहरुले घरदैलो गर्दै स्थानीयलाई सरकार विरुद्धको प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।
उपसभापति डा स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा तोसिमा कार्की, सविता गौतम, मनिष झा, रमेश प्रसाईँलगायतका नेताहरुले स्थानीयको घर–घरमा पुगेर आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया