काठमाडौं। दूधको भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान ९डीडीसी०को कार्यालयमा धर्ना दिएका छन् ।लामो समयदेखि भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले आइतबारडीडीसीको कार्यालयबाहिर धर्ना दिएका हुन् । धर्ना दिनका लागि दुग्ध किसान कार्यालय परिसरमा प्रवेश गर्न खोजेका थिए । तर, प्रहरीले उनीहरूलाई बाहिर रोकेपछि केहीबेर प्रहरी र दुग्ध किसानहरूबीच घम्साघम्सी समेत भएको थियो ।
दूधको मूल्य भुक्तानीका बारेमा दुग्ध विकास संस्थानलगायत सरोकारवाला निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि भुक्तानी नभएकाले डीडीसीको कार्यालयमा धर्ना दिनुपरेको अखिल नेपाल किसान महासंघकी महासचिव सरिता भुसालले जानकारी दिइन् ।आफूहरूको मागका लागि ध्यानाकर्षण गराउन खोज्दा प्रहरी लगाएर दमन गर्न खोजिएको भन्दै उनले आपत्ति जनाइन् । अहिले दुग्ध किसानहरूको तीन अर्बभन्दा बढस् बक्यौता भुक्तानी गर्न बाँकी रहेको बताइन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया