logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • सुटकेसभित्र मृत भेटिएकी रुबीको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला

    1KShares
    सुटकेसभित्र मृत भेटिएकी रुबीको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला

    रौतहट । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला परेका छन् । आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् ।

    उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएको छ र घटनाबारे अनुसन्धान जारी राखेको छ । गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार हत्याका मुख्य आरोपी पासवानले आफ्नो शरीरमा आफैंले आगो लगाएको अवस्थामा भेटिएका हुन् । माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान करिब साढे ६ बजे एक जना व्यक्तिले आत्मदाह गर्न लागेको सूचना पाएपछि पुगेको प्रहरीले पासवानलाई शरीर जलेर घाइते भएको अवस्थामा फेला पारेको एसपी गिरीले बताए ।

    उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीको भनाइ छ । उनलाई गम्भीर अवस्थामा फेला पारेको प्रहरीले उपचारका लागि गरुडामा रहेको एक अस्पतालमा पुर्‍याएको छ ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ११, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट