logo

२०८३ श्रावण ११ सोमबार

logo
  • २०८३ श्रावण ११ सोमबार
  • एमालेको झण्डा जलाएको विषयमा रवि लामिछानेले २४ घण्टाभित्र स्पष्टीकरण दिनुपर्ने

    1.1KShares
    एमालेको झण्डा जलाएको विषयमा रवि लामिछानेले २४ घण्टाभित्र स्पष्टीकरण दिनुपर्ने

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० दाङलाई नेकपा एमालेको झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गरिएको असभ्य नाराबाजीको विषयमा स्पष्टीकरण सोधेको छ ।

    रास्वपाका कार्यकर्ताहरूले तुलसीपुरमा एमालेको झण्डा जलाउँदै अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेपछि आयोगले पार्टी सभापतिका नाममा पत्र पठाउँदै स्पष्टीकरण सोधेको हो ।

    कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा पत्रप्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।

    आयोगका अनुसार रास्वपाले तुलुसीर घटनामा के कसो भएको हो, एमालेको झण्डा जलाउने कार्य भएको हो कि होइन, एमाले अध्यक्षविरुद्ध असभ्य शब्दहरू प्रयोग गरी नारावाजी भएको हो वा होइन भन्ने बारे स्पष्टीकरण दिनुपर्ने छ ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन ९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट