logo

२०८३ असार ५ शुक्रबार

logo
  • २०८३ असार ५ शुक्रबार
  • भदौ १३ का लागि बोलाइएको एमाले केन्द्रीय कमिटी बैठक स्थगित

    976Shares
    भदौ १३ का लागि बोलाइएको एमाले केन्द्रीय कमिटी बैठक स्थगित

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । दोस्रो विधान महाधिवेशनको तयारीका लागि भदौ १३ गते बस्नेगरी बोलाइएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

    उनले भने, ‘बैठकको तयारी नपुगेकाले स्थगित गरिएको हो। अर्को मिति चाँडै तय गर्छ।’ विधान संशोधन प्रस्ताव प्रतिवेदन पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेस गर्ने तय भएको छ। एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई आजसम्म गतेसम्मको समयसीमा दिएको छ ।

    विधान संशोधनसम्बन्धी सुझावलाई समेटेर प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गगर्ने तयारी छ। यसअघि नवौँ केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते बसेको थियो । दोस्रो विधान महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी दुई हजार ३९२ जनाको सहभागिता हुनेछ।

    एमालेको दोस्रो विधान महाधिवशेन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ सम्म हुनेछ। अहिले एमालेमा विधान महाधिवेशनमा भन्दा पनि पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णयले चर्को विवाद छ। एमालेले सदस्यता नवीकरण नगरेपनि आफू एमालेकै कार्यकर्ता भएको भन्दै थापागाउँमा सम्पर्क कार्यालय खोलेर राजनीतिक गतिविधि अघि बढाइरहेकी छन्।



    फास्ट न्युज    
  • २०८२ भाद्र १०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट