logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • आज ‘विश्व फोटोग्राफी दिवस’ मनाइदैँ

    1KShares
    आज ‘विश्व फोटोग्राफी दिवस’ मनाइदैँ

    काठमाडौं ।आज विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।प्रत्येक वर्ष अगस्ट १९ मा यो दिवस मनाउने गरिन्छ । नेपालमा सन् २०१० देखि औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।

    हजारौँ शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले प्रस्ट पारिदिन्छ’ सम्भवतः यो विश्वविख्यात अवधारणालाई पछ्याउँदै पत्रकारितामा फोटोको प्रयोग व्यापक हुँदै आएको हो । पछिल्लो समय नेपालमा पनि फोटो पत्रकारिताको विकास हुँदै गएको पाइन्छ । संसारलाई बुझ्न फोटोग्राफीले निकै सहज बनाएकोले यसको सुरुआत भएको दिनलाई विशेष रूपमा स्मरण गर्दै मनाउने गरिन्छ ।

    राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) ले आज ललितपुरको पाटन दरवार क्षेत्रमा जलवायु परिवर्तनसंग सम्बन्धित रहेर ‘When Mountain Smiles’ विशेष फोटो प्रदर्शनीको आयोजना गरेको छ ।

    फोटोग्राफीको विकासक्रम हेर्ने हो भने पहिला रिल वाला क्यामराबाट फोटो खिचिन्थ्यो त्यसपछि डिजिटल क्यामरामा आयो र अहिले हात हातमा फोन अनि फोनको क्यामरा गरि फोटोग्राफीको स्तरीय बढ्दै गएको छ ।

    आजको समयमा फोटो खिच्नु कुनै गाह्रो काम होईन, हामीले जुनसुकै बेला आफ्नो फोनबाट कुनैपनि पललाई कैद गर्न सक्छौ । सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको दिनलाई हरेक वर्ष विश्व फोटोग्राफी दिवस मनाउने गरिन्छ ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट