logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • भूमिमन्त्रीलाई हितराज पाण्डेले सोधे- लिचिबारी अडियो सही हो कि फेक ?

    1KShares
    भूमिमन्त्रीलाई हितराज पाण्डेले सोधे- लिचिबारी अडियो सही हो कि फेक ?

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग लिचिबारी अडियो प्रकरणबारे प्रष्टीकरण माग गरेका छन् । आइतबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि विधेयकबारे भएको छलफलका क्रममा उनले मन्त्री अधिकारीसँग जवाफ मागेका हुन् ।

    पाण्डेले अडियो फेक हो भने अडियो ल्याउनेलाई किन कारबाही गरिएन भन्ने प्रश्न गरे । ‘अडियो सही हो भने त्यसमा मन्त्रीज्यूको नाम पनि छ । फेक हो भने त्यस्तो अडियो निकाल्नेलाई कारबाही गर्नुपर्‍यो, बेवारिसे रूपमा छोड्न मिल्छ कि मिल्दैन’, उनले भने ।

    उनले भूमिसम्बन्धी ऐनले सरकारलाई संसद्को असाधारण अधिकार दिने व्यवस्था गरिएको भन्दै विधेयकमा व्यवस्था भएको सूचित आदेश र निर्देशिका बनाउनसक्ने व्यवस्था विधेयकबाट हटाउन माग गरे । उनले भूमि ऐन धेरै पुरानो भएको र धेरै पटक संशोधन पनि भएको भन्दै नयाँ ऐन नै ल्याउन माग गरे ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ११, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट