logo

२०८३ भाद्र २८ आईतवार

logo
  • २०८३ भाद्र २८ आईतवार
  • ओपनर प्रसिद्ध जैसीद्वारा इन्डोनेसियाविरुद्ध शतक प्रहार

    1.2KShares
    ओपनर प्रसिद्ध जैसीद्वारा इन्डोनेसियाविरुद्ध शतक प्रहार

    काठमाडौं । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालका ओपनर प्रसिद्ध जैसीले इन्डोनेसियाविरुद्ध शतक प्रहार गरेका छन्। आठ चौका र एक छक्काको मद्दतमा अर्धशतक बनाएका जैसीले ७० बलको सामना गर्दा १५ चौका र एक छक्काको मद्दतमा १०४ रन बनाउँदै शानदार शतक बनाएका हुन्। अहिले नेपालले २२ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा २२६ रन बनाएर खेलिरहेको छ।

    नेपालका लागि परिमार्जन यादव २० बलमा ७ छक्का र तीन चौकाको मद्दतमा अर्धशतक पूरा गरे। उनी २८ बलमा ७१ रन बनाएर आउट भए।मले सियामा जारी प्रतियोगितामा आइतबार बिहान टस जितेर इन्डोनेसियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो। यसअघि दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको लक्ष्यका साथ मैदानमा छ। पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको छ।

    प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।



    फास्ट न्युज    
  • २०८२ असार १५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट