logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र गृहमन्त्री छलफलमा जुटे

    1KShares
    प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र गृहमन्त्री छलफलमा जुटे

    काठमाडौं । गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेपछि अहिले नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक बालुवाटार पुगेका हुन् ।

    भिजिट भिसा प्रकरणमा मन्त्रीकै राजीनामा माग भएपछि छलफलका लागि देउवा र लेखक बालुवाटार पुगेका हुन् । हिजो विपक्षी दलहरूले लेखकले राजीनामा नदिँदासम्म संसद चल्न नदिने अडान लिएका थिए ।

    भोलि बजेट ल्याउनै पर्ने बाध्यात्मक अवस्थामा रहेको सरकार कसरी सदन सुचारु गर्न सकिन्छ भन्ने छलफलमा केन्द्रित रहेको छ । आज ११ बजेका लागि बैठक बोलाइएको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट