logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • टी–२० अन्तर्राष्ट्रिय शृङ्खला नेपालको विजयी शुरूवात

    991Shares
    टी–२० अन्तर्राष्ट्रिय शृङ्खला नेपालको विजयी शुरूवात

    काठमाण्डौ । हङकङमा आजदेखि शुरू भएको चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ । पहिलो खेलमा सहज जीत हासिल गर्दै नेपालले विजयी शुरूवात गरेको हो ।

    कतारले दिएको एक सय ५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहे । आसिफ शेखले ३३ रन बनाए । बसिर अहमद ३० रनमा अविजित रहे ।

    कतारका मुजीब उर रेहमानले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले २० ओभरमा ५ विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो । कतारका कप्तान इक्रमुल्लाह खानल ५४ रन बनाए ।

    नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले १–१ विकेट लिए । प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् । नेपालले दोस्रो खेलमा भोलि कुवेतसँग खेल्ने छ । प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछन् । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट