logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • पेरिस पारालिम्पिक्समा कास्य जितेकी पलेशाले ६५ लाख पुरस्कार पाउने

    928Shares
    पेरिस पारालिम्पिक्समा कास्य जितेकी पलेशाले ६५ लाख पुरस्कार पाउने

    काठमाडौँ। परेसि पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले नेपाल सरकारबाट ६५ लाख रुपियाँ पुरस्कार पाउनुहुनेछ ।

    राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स ,पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्व कप फुटबल जित्नेलाई निर्धारण गरिएको पुरस्कार अनुसार पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार स्वरुप दिनुपर्नेछ।

    पलेशाले पहिलो चरणको खेलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाउनुभएको थियो । तर, क्वार्टरफाइनलमा उहाँ ब्राजिलकी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित हुनुभएको थियो ।

    दोस्रो चरणमा पराजित भएपछि रिपाचेजको मौका पाउनुभएकी उहाँले फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले हराउँदै कांस्यको भिडन्त पक्का गर्नुभएको थियो । त्यसपछि उहाँले अन्तिममा सर्वियाकी मारिजालाई स्तब्ध बनाउँदै कांस्य पदक आफ्नो पोल्टामा पार्नुभएको थियो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १५, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट