logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • मुग्लिङ–पोखरा सडक विस्तार: पूर्वी खण्डको काम ८० प्रतिशतभन्दा बढी

    973Shares
    मुग्लिङ–पोखरा सडक विस्तार: पूर्वी खण्डको काम ८० प्रतिशतभन्दा बढी

    तनहुँ । मुग्लिङ–पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको काम ८० प्रतिशतभन्दा बढी भएको छ । काम चाँडै सम्पन्न गर्न तदारुकताका साथ गरिरहेको र हालसम्म ८०.९५ प्रतिशत भौतिक प्रगति भएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

    पाण्डेका अनुसार यस खण्डमा हालसम्म ७३।११ किलोमिटर कालोपत्रे पूरा भएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन कालोपत्रे भएको हो । इन्जिनियर पाण्डेले भन्नुभयो, “हालसम्म कालोपत्रे भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३।११ किलोमिटर दुरी कालोपत्रे भएको छ ।”

    पाण्डेका अनुसार कालोपत्रे गरिएको ७३।११ किलोमिटरमध्ये ५९ किलोमिटरमा अन्तिम कालोपत्रे ९डबल लेयर० सकिएको छ । पूर्वी खण्ड अन्तर्गत यतिबेला सदरमुकाम दमौली बजारमा समेत कालोपत्रे सुरु भएको छ । दमौलीस्थित व्यास नगरपालिका–२, बागबजारमा एकतर्फी कालोपत्रे सकेर अर्कोतर्फ कालोपत्रेका लागि सडक सम्याउने काम भइरहेको छ ।

    पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क ९एडिबी० को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा ठेक्का लागेको छ । पूर्वी खण्ड अन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा तीव्र गतिमा काम भइरहेको छ । वर्षायाम अघि नै यहाँ कालोपत्रे गर्ने योजना रहेको इन्जिनियर पाण्डे बताउनुहुन्छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट