logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • अनावश्यक ‘रिफर’ रोक्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

    982Shares
    अनावश्यक ‘रिफर’ रोक्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

    काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध अस्पताल तथा स्वास्थ्य संस्थालाई बिरामीलाई अनावश्यक रूपमा रिफर नगर्न स्पष्ट निर्देशन दिएको छ। बोर्डले आफ्नो अस्पतालमै उपलब्ध सेवा हुँदाहुँदै बिरामीलाई अन्यत्र पठाउने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार अनावश्यक रिफरका कारण बिरामीले झन्झट व्यहोर्नुका साथै अनावश्यक स्वास्थ्य परीक्षणसमेत गर्नुपरेको छ। यही कारण सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई यस्ता अभ्यास रोक्न निर्देशन दिइएको हो।

    बोर्डले आज जारी गरेको परिपत्रमा आफ्नो संस्थामा उपलब्ध सेवा बेवास्ता गरी स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ तथा प्रेषण कार्यविधि २०८० विपरीत बिरामीलाई अनावश्यक रूपमा प्रेषण नगर्न भनिएको छ। संस्थामा सेवा उपलब्ध हुँदाहुँदै पनि रिफर गरिएको पाइएकाले अब त्यस्तो कार्य नगर्न अनुरोध गरिएको परिपत्रमा उल्लेख छ।

    यदि कुनै स्वास्थ्य संस्थामा आवश्यक सेवा उपलब्ध नभएमा भने प्रेषण पुर्जी भरी सम्बन्धित सेवा सुनिश्चित हुने नजिकको स्वास्थ्य संस्थामा बिरामी पठाउन बोर्डले निर्देशन दिएको छ।

    यस्तै, अनावश्यक प्रेषण गरेको पाइएमा दाबी मूल्याङ्कन तथा रुजु प्रक्रियामा सोध भर्ना नगरिने र स्वास्थ्य बीमा नियमावली २०७५ को अनुसूची ८ को दफा ४ (ग) अनुसार सम्बन्धित संस्थाको सम्झौता स्थगन वा रद्दसमेत हुन सक्ने जानकारी बोर्डले दिएको छ।



    फास्ट न्युज    
  • २०८२ माघ १८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट