logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • बेमौसमी वर्षा: दाउन्नेमा सडक अवरुद्ध

    1.1KShares
    बेमौसमी वर्षा: दाउन्नेमा सडक अवरुद्ध

    नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ ।

    सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए । वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उनले बताए ।

    सूचना अधिकारी नेपालले भने, ‘बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन् । दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि यस खण्डमा जाम हुन नदिन प्रहरी खटिएका छन् ।’



    फास्ट न्युज    
  • २०८२ कार्तिक १३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार