logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • नेपालमा सामसङ ‘एस–२५ सिरिज’ को ‘प्रि–बुकिङ’ खुल्यो

    1.8KShares
    नेपालमा सामसङ ‘एस–२५ सिरिज’ को ‘प्रि–बुकिङ’ खुल्यो

    काठमाण्डाै । सामसङ नेपालले ग्यालेक्सी एस–२५ अल्ट्रा, ग्यालेक्सी एस–२५ प्ल्स र ग्यालेक्सी एस–२५ अल्ट्रा स्मार्टफोनको प्रि–अर्डर शुरू भएको घोषणा गरेको छ । काठमाण्डौमा एक कार्यक्रमबीच सामसङ नेपालका निर्देशक प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वल्र्ड २०१६ अश्मी श्रेष्ठले ग्यालेक्सी एस२५ सिरिजको अनावरण गरेका हुन् । आउँदो फागुन १ गतेसम्म एस–२५ सिरिजको प्रि–अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

    सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक पटकको एक वर्षको ब्रेकेज इन्स्योरेन्स उपलब्ध गराएको छ । यसैगरी ग्यालेक्सी एस–२५ सिरिजमा अपग्रेड गर्न चाहने ग्राहकले सबकोफोन र आर्कोस्टोर मार्फत आफ्नो पुरानो फोन एक्सचेन्ज गर्न सक्नेछन् ।

    देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालन गरिएको सामसङ इनस्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले रु ५२५०÷महिनादेखि शुरू हुने शून्य प्रतिशत ब्याजदरमा सरल ईएमआईमा नयाँ फोन प्राप्त गर्न सक्नेछन् । यो प्रक्रिया झन्झटरहित रहेको र यो सेवा प्राप्त गर्नका लागि प्रमाणपत्रका रूपमा नागरिकता मात्र आवश्यक पर्ने कम्पनीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ १९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट