logo

२०८३ बैशाख ७ सोमबार

logo
  • २०८३ बैशाख ७ सोमबार
  • एन्फा महिला लिग फुटबल : उपाधिका लागि आज दुई विभागीय टोली पुलिस र एपीएफ खेल्दै

    916Shares
    एन्फा महिला लिग फुटबल : उपाधिका लागि आज दुई विभागीय टोली पुलिस र एपीएफ खेल्दै

    काठमाण्डौ । एन्फा महिला लिगको उपाधिका लागि आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् । फाइनल खेल दिउँसो दुई बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुँदैछ । एपीएफ पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै र पुलिसले दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा २–१ ले हराउँदै फाइनलमा पुगेको हो ।

    महिला लिगमा शुरूमा १० टोलीले प्रतिस्पर्धा गरेका थिए । सिङ्गल राउण्डपछि शीर्ष पाँच टोली सुपर लिगमा प्रवेश गरेका थिए । त्यसमा एपीएफ अपराजित रहेर शीर्ष स्थानमा रहँदा आर्मी दोस्रो, पुलिस तेस्रो र बाग्मती युथ क्लब चौथो भएको थियो । पाँचौँ भएको वालिङ नगरपालिका सुपर लिगबाट बाहिरिएपछि शीर्ष चार टोली प्लेअफ पुगेका थिए ।



    फास्ट न्युज    
  • २०८१ माघ १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट