logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • एनपीएल: आज जनकपुर र विराटनगर तथा सुदूरपश्चिम र कर्णाली खेल्दै

    1.1KShares
    एनपीएल: आज जनकपुर र विराटनगर तथा सुदूरपश्चिम र कर्णाली खेल्दै

    काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेल बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुनेछ । त्यस्तै दोस्रो खेल दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ ।

    चारै टोली पहिलो पटक एक–आपसमा खेल्न लागेका हुन् । यो सिजनमा एक खेल गुमाइसकेको जनकपुरको यो दोस्रो खेल हो । उद्घाटन खेलमा जनकपुर काठमाण्डु गोर्खाजसँग पराजित भएको थियो । विपक्षी टोली विराटनगर भने आज उत्कृष्ट लयमा छ । उसले यसअघि पोखरा र काठमाण्डु दुवैलाई पराजित गरिसकेको छ ।

    यस्तै दोस्रो खेलमा कर्णालीले अहिलेसम्म खेलेका दुई खेलमध्ये एकमा जित निकालेको छ । सुदूरपश्चिम भने लगातार तीन खेलमा जित निकाल्ने लक्ष्यमा छ । यसअघि सुदूरपश्चिमले काठमाण्डु र पोखरालाई हराइसकेको छ भने कर्णालीले लुम्बिनीलाई पराजित गरेको छ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट