logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई, नेपाल उपविजेता

    1KShares
    साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई, नेपाल उपविजेता

    काठमाण्डौ । साफ महिला च्याम्पियनशिप फुटबलको उपाधि बङ्गलादेशले दोस्रो पटक जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले हरायो ।

    खेलको ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै नेपालकी अमिशा कार्कीले ५५ औं मिनेटमा गोल फर्काएर खेल एक–एक गोलको बराबरी पुर्‍याएकी थिइन् । तर खेलको ८१ औं मिनेटमा बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै टोलीलाई जिताइन् ।

    नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका थिए । यसअघि ५ पटक फाइनलमा पुगेर पनि उपविजेतामै सीमित नेपाल फेरि उपाधि जित्ने अवसरबाट वञ्चित भयो । गएको संस्करणमा नेपाल बङ्गलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट