logo

२०८३ असार १६ मंगलवार

logo
  • २०८३ असार १६ मंगलवार
  • आज केपी ओली एफसी र मछिन्द्र क्लबबीच दोस्रो सेमिफाइनल

    958Shares
    आज केपी ओली एफसी र मछिन्द्र क्लबबीच दोस्रो सेमिफाइनल

    काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । दोस्रो सेमिफाइनलमा आज केपी ओली फुटबल क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रङ्गशालामा अपराह्न ५ बजे सुरु हुनेछ ।

    आयोजक केपी ओली एफसीले न्युरोड टिमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गरेको थियो । आजको विजेताले फाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

    यसअघि शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबलाई २–१ गोलले हराउँदै फाइनलमा पुगेको छ । प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुनेछ । ९ टोली सहभागी प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट