logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • दिक्तेल बजारमा ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव’ सुरु

    1.2KShares
    दिक्तेल बजारमा ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव’ सुरु

    दिक्तेल । खोटाङ जिल्लाको दिक्तेल बजारमा ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव– २०८२’ आज (शनिबार) देखि सुरु भएको छ । महोत्सव आगामी जेठ ४ गतेसम्म सञ्चालन हुने नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन र खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन महोत्सव आयोजना गरिएको हो । यसैगरी सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विधाका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यले पनि महोत्सव आयोजना गरिएको जनाइएको छ ।

    महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विधाका खुला महिला-पुरूष हाफ म्याराथनसहित दौड, खुला महिला-पुरूष टेबलटेनिस, खुला पुरूष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको छ । महोत्सवको पहिलो दिन आज (वैशाख–२७ गते)  खुला महिला-पुरूष हाफ म्याराथनसहित एथलेटिक्स विधाका सबै प्रतियोगिता सञ्चालन भएका छन् । खुला महिला र पुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा नेपाली सेना, जनपद र सशस्त्र प्रहरीका तीन वटै क्लब, विभिन्न जिल्लाका धावक गरी ३५ जनाले सहभागिता जनाउने छन् ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको महोत्सवमा १० वर्षमुनिका छात्रछात्राका लागि एक माइल, १२ वर्षमुनिका छात्रछात्राका लागि दुई किलोमिटर, १५ वर्षमाथिका महिला र पुरूषका लागि १० किलोमिटर, ६० वर्षमाथि पुरूषका लागि दुई किलोमिटर, आमाहरूको लागि पाँच किलोमिटर, १२ वर्षदेखि १५ वर्षमुनिका छात्रछात्राका लागि सात किलोमिटर र ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुनेछ ।

    दौड प्रतियोगितामा सहभागी हुनका लागि करिब सात सय धावकहरू जिल्ला भित्रिसकेको आयोजकले जनाएको छ । महोत्सव सफल बनाउनका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट