logo

२०८३ असार १६ मंगलवार

logo
  • २०८३ असार १६ मंगलवार
  • क्यानले गर्‍यो सन्दीप लामिछानेलाई अनुशासनको कारबाही

    931Shares
    क्यानले गर्‍यो सन्दीप लामिछानेलाई अनुशासनको कारबाही

    काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछाने अनुशासनको कारवाहीमा परेका छन्। क्यानको आचारसंहिताविरूद्ध फेसबुकलगायत सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई तीन डिमेरिट अंक दिने निर्णय गरेको छ। यसको अर्थ क्यानले आयोजना गर्ने प्रतियोगितामा लामिछानेलाई एक खेल खेल्नबाट प्रतिबन्ध गरिएको हो।

    सन्दीपले जनवरी १० मा सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने उल्लेख गर्दै अम्पायरको निर्णय राम्रो नभए धेरै खेलाडीहरूलाई असर पुग्ने बताएका थिए । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सन्दीपले क्यानको आचारसंहिताको धारा २.७ उल्लङ्घन गरेको पाइएको छ । म्याच रेफ्री र प्राविधिक समितिको निर्णयअनुसार उनलाई कारबाही गरिएको हो । क्यानले सन्दीपसँग घटनाबारे स्पष्टीकरणसमेत माग गरेको छ।  सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् ।

     



    फास्ट न्युज    
  • २०८१ माघ ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट