logo

२०८३ भाद्र १० बुधबार

logo
  • २०८३ भाद्र १० बुधबार
  • सचिन परियारको निधनप्रति प्रधानमन्त्रीले दुःख व्यक्त गरे

    1KShares
    सचिन परियारको निधनप्रति प्रधानमन्त्रीले दुःख व्यक्त गरे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत् श्रद्धाञ्जली व्यक्त गरेका छन्।

    उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असर परेको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्ने पाठ सबैलाई दिएको छ।’

    प्रधानमन्त्री ओलीले बाल गायक सचिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजमा यस्ता घटनाले कुनै पनि प्रतिभावान व्यक्तिको जीवनमा असर नपारोस् भन्ने कामना गरेका छन्।



    फास्ट न्युज    
  • २०८१ पुष १८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट