logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • एनपीएल : कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हरायाे

    एनपीएल : कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हरायाे

    364
    SHARES
    एनपीएल : कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हरायाे

    काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराएकाे छ ।



    कर्णालीले दिएकाे १ सय २९ रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनमात्र बनाउन सक्याे । लुम्बिनीका टम मूर्सले सबैभन्दा धेरै ३६ रन बनाए । कर्णालीका जीशन मक्सूदले २ विकेट लिए ।

    यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनायाे । लुम्बिनीका विकाश आग्रीले ३ विकेट लिए ।

    याे जीतसँगै कर्णाली ६ खेलमा ८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । लुम्बिनीले भने ७ खेलमा १ खेल जित्दै २ अङ्क जाेडेर प्रतियाेगिता सकाएकाे छ ।

    एनपीएल क्रिकेटकाे आजकाे दाेस्राे खेलमा दिउँसाे १ बजे विराटनगर किङ्ग्स र चितवन राइनाेज खेल्दैछन् ।


    फास्ट न्युज
  • शुक्रबार, २८ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट