काठमाडौं । बंगलादेश काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै बंगलादेशले नेपालसँग फाइनल भेट पक्का गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दोस्रो सेमिफाइनलमा पेनाल्टी सुट आउटमा डिफेन्डिङ च्याम्पियन भारतलाई ४-३ गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो ।
यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो ।
अव उपाधिका लागि आयोजक नेपाल र बंगलादेश विच खेल हुनेछ।आइतबार नेपालले भुटानलाई टाइब्रेकरमा ४- १ बाट हराउँदै फाइनलमा पुगेको हो। फाइनल खेल बुधबार हुनेछ ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd