logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • एन्फा महिला लिगमा वालिङको दोस्रो जित

    805Shares
    एन्फा महिला लिगमा वालिङको दोस्रो जित

    काठमाडौं : राजधानीमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले दोस्रो जित निकालेको छ।  सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै वालिङले लगातार दोस्रो जित निकालेको हो ।

    वालिङलाई जित दिलाउनका लागि एक मात्र निर्णायक गोल सिसि नानटोङ्गोले खेलको ३९ औं मिनेटमा गरेकी थिइन् । जितसँगै वालिङले दुई खेलबाट ६ अंक जोडेको छ ।

    संकटा भने अङ्कविहीन छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २४, सोमबार ०९:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार