logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • नेपाल प्रिमियर लिग क्रिकेट रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

    982Shares
    नेपाल प्रिमियर लिग क्रिकेट रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

    काठमाडौँ । नेपाल प्रिमियर लिग रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। जोरा स्पोर्टस म्यानेजमेन्टका तर्फबाट  आमीर अख्तरले रिट दायर गरेका हुन् । उनको रिट आइतबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको छ।

    अख्तरले क्यानको आयोजनामा हुन लागेको ‘नेपाल प्रिमियर लिग’ आफ्नो नाममा दर्ता भएको दाबी गर्दै आइरहेका छन् । यसअघि उनले नेपाल प्रिमियर लिगको नामको विषयलाई लिएर राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए।

    उनको रिट आइतबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको छ। उनले उक्त फ्रेन्चाइज आफ्नो नाममा १० वर्षका लागि नेपाल क्रिकेट संघले सहमति गरेर दिएकाले अहिले अरू नै कम्पनीमार्फत सञ्चालन गर्न नमिल्ने जिकिर गरेका छन्।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट