logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा कर्णाली प्रदेशलाई ६–० गोल अन्तरले पराजित

    934Shares
    सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा कर्णाली प्रदेशलाई ६–० गोल अन्तरले पराजित

    काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब एन्फा महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ।

    सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा कर्णाली प्रदेशलाई ६-० गोल अन्तरले पराजित गर्दै एपीएफ तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

    एपीएफलाई जित दिलाउन निशा थोकरले खेलको चौथौ मिनेटमा, रश्मी कुमारी घिसिङले ११ र २५ औं मिनेटमा, ५३ औं मिनेटमा गीता राना मगर र ७७ औं मिनेटमा हिमा रावतले गोल गरिन्। त्यस्तै एक गोल आत्मघातीमार्फत पाएको थियो।

    एपीएफले ५ खेलमा ४ मा जित र १ खेल बराबरी खेलेको छ। कर्णाली भने समान खेलमा १ अंकका साथ नवौं स्थानमा छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना जारी लिगमा १० टोलीको सहभागिता छ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ३०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट