logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • यु-१९ एसिया कपः श्रीलंका र नेपालको खेल जारी, नेपाललाई दुई सय ३४ रनको लक्ष्य

    970Shares
    यु-१९ एसिया कपः श्रीलंका र नेपालको खेल जारी, नेपाललाई दुई सय ३४ रनको लक्ष्य

    काठमाडौँ: संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको पुरुष यु–१९ एसिया कप–२०२४ को पहिलो खेलमा श्रीलङ्काले नेपाललाई जीतका लागि दुुई सय ३४ रनको लक्ष्य दिएको छ । युएईको शारजहास्थित शारजहा क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा सबै विकेट गुमाएर दुुई सय ३३ रन बनाएको हो ।

    श्रीलङ्काका लागि शरुजन षणमुगनाथनले सर्वाधिक ६२ रन बनाए । उनले ९९ बलमा दुई चौकाको मद्दतले ६२ रन बनाएका हुन् । लकविन अवेसिङ्घेले ५० रनको योगदान दिए । उनले ५३ बलमा एक छक्का र दुई चौकासमेत प्रहार गरे । दुल्निथ सिगेरा र विमथ दिनसाराले समान २४/२४ रन बनाए ।

    श्रीलङ्काका लागि कविजा गमागेले नटआउट ३७ रनको योगदान दिए । त्यस्तै, कप्तान विहास थेवमिकाले तीन, कुगदास मथुलन, पुलिन्दु परेरा र प्रवीण मनिषाले समान दुई/दुई रन बनाए । विरन चामुदिथाले एक रन पनि जोड्न सकेनन् । नेपालका लागि सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए । यस्तै, युवराज खत्रीले दुई, हेमन्त धामी र नरेन साउदले समान एक/एक विकेट हात पारे ।

    यो समाचार तयार पार्दासम्म नेपालले १७ ओभरमा १ विकेटको क्षतिमा ६४ रन बनाएको छ । युएईमा आजदेखि शुरू भएको प्रतियोगितामा आठ वटा देश सहभागी छन् । १९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।

    नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि आइतवार बङ्गलादेशसँग र तेस्रो तथा अन्तिम खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट