logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्ड खेल्दै

    1.1KShares
    च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्ड खेल्दै

    काठमाण्डाै । आईसीसी च्याम्पियन्स ट्रफीको उपाधिका लागि आज भारत र न्युजिल्यान्ड खेल्दैछन् । फाइनल खेल दुबईमा दिउँसो पौने ३ बजे पछि शुरू हुनेछ । भारतले अस्ट्रेलियालाई र न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन् ।

    आईसीसी प्रतियोगितामा यी दुई टोलीबीच १२ पटक भेट भएकोमा भारत र न्युजिल्यान्डले ६/६ खेल जितेका छन् । आईसीसी नकआउट प्रतिस्पर्धामा यी दुई टोलीबीच अहिलेसम्म ४ पटक भेट भएकोमा न्युजिल्यान्डले ३ खेल जितेको छ । न्युजिल्यान्डले सन् २००० को च्याम्पियन्स ट्रफी फाइनल, सन् २०१९ को विश्वकप सेमिफाइनल र सन् २०२१ को विश्व टेस्ट च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई हराएको छ । भारतले सन् २०२३ को विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको छ ।

    एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबीच १ सय १९ पटक भेट भएकोमा भारतले ६१ र न्युजिल्यान्डले ५० खेल जितेको छ । यस्तै १ खेल बराबरीमा सकिँदा ७ खेल नतिजाविहीन छ । भारतले सन् २०१३ मा पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट