logo

२०८३ भाद्र २३ मंगलवार

logo
  • २०८३ भाद्र २३ मंगलवार
  • कांग्रेस महाधिवेशनको कार्यतालिका संशोधन, जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि

    712Shares
    कांग्रेस महाधिवेशनको कार्यतालिका संशोधन, जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि

    काठमाडौं, नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्दै जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने भएको छ।

    केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले गाउँ–नगर वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिका परिमार्जन गरेको हो। संशोधित कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन असोज ३ र ४ गते हुनेछ।

    निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काका अनुसार गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते तथा प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने निर्णय भएको छ।

    कांग्रेसको केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित असोज १६ देखि १९ गतेसम्म नै हुनेछ। यसअघि तय भएको केन्द्रीय महाधिवेशनको मितिमा भने कुनै परिवर्तन गरिएको छैन।

    संशोधित कार्यतालिकाअनुसार जिल्ला र प्रदेश अधिवेशनको मिति तत्काल सार्वजनिक गरिने छैन। ती अधिवेशनको समयतालिका दोस्रो चरणमा प्रकाशित गरिने र जिल्ला तथा प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि सञ्चालन गरिने निर्वाचन समितिले जनाएको छ।

    बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने तोकिएका निर्वाचन अधिकृतले पार्टीका स्थानीय तहसँग समन्वय गरी अधिवेशन सम्पन्न गर्ने व्यवस्था मिलाइएको छ।

    त्यस्तै, विदेशस्थित बाँकी नेपाली जनसम्पर्क समितिका अधिवेशनहरू असोज १० गतेभित्र सम्पन्न गर्ने निर्णय भएको छ।

    भोटेकोसी नदीमा आएको बाढीपछि उत्पन्न प्रतिकूल परिस्थितिका कारण कांग्रेसले यसअघि तय गरेको अधिवेशन कार्यतालिका संशोधन गरेको हो। नयाँ व्यवस्थाले तत्काल गाउँ–नगर तहदेखि प्रतिनिधिसभा क्षेत्रीय तहसम्मका अधिवेशन सम्पन्न गर्ने र जिल्ला तथा प्रदेश तहका अधिवेशनलाई महाधिवेशनपछि सार्ने बाटो खोलेको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट