काठमाण्डौ। भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा एक भिडियोमार्फत सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् । उनले आउँदो जुन ६ मा कुवेतसँगको खेलमा भारतबाट आफ्नो अन्तिम खेल खेल्नेछन् ।
४० वर्षीय सुनीलले सन् २००५ जुन १२ मा पाकिस्तानसँगको खेलमा भारतका लागि डेब्यु गरेका थिए । उनले आफ्नो पहिलो खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल पनि गरेका थिए । सुनील क्षेत्रीले एक सय ५० खेलमा ९४ गोल गरेका छन् ।
अन्तर्राष्ट्रिय फुटबलमा उनी सर्वाधिक गोलकर्ताको तेस्रो नम्बरमा छन् । अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्नेमा पोर्चुगलका रोनाल्डो छन्, उनले दुई सय पाँच खेलमा एक सय २८ गोल गरेका छन् ।
यस्तै दोस्रो स्थानमा रहेका अर्जेन्टिनाका लियोनल मेसीले एक सय ८० खेलमा एक सय छ गोल गरेका छन् । सुनील क्षेत्री भारतका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी पनि हुन् । सन्न्यासको घोषणा गर्दै उनले पहिलो पटक देशका लागि खेल्दै गरेको क्षणलाई अहिले पनि बिर्सन नसक्ने प्रतिक्रिया दिएका छन् ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd