logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • रवि लामिछानेलाई भैरहवा लगियो

    892Shares
    रवि लामिछानेलाई भैरहवा लगियो

    लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ। मंगलबार मध्याह्न १२ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रवि लामिछाने बोकेको बुद्ध एयरलाइन्सको जहाज उडेको थियो।

    उक्त जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण भएको हो।

    उनीमाथि बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो।

    विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताले प्रदर्शन गरिरहेकाले विमानस्थल भित्र कसैलाई पनि प्रवेश गर्न दिइएको छैन।विमानस्थल,सरकारी वकिलको कार्यालय तथा अदालतमा विशेष सुरक्षा शर्तकता अपनाइएको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट