logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग

    916Shares
    मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग

    काठमाडौं।श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क सम्पाङले मन्त्रीहरूले सार्वजनिक गरेको व्यक्तिगत सम्पत्तिको स्रोत खुलाउन माग गरेका छन् ।सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेलगत्तै साम्पाङले सम्पत्तिको स्रोत खुलाउन माग राखेका हुन् ।‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो । अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्रोतबिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ, स्रोत प्रस्टइदिनुपर्छ ।’सरकारले प्रधानमन्त्री वालेन्द्र शाहसहित सम्पूर्ण मन्त्रीहरूको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको छ ।



    फास्ट न्युज    
  • २०८२ चैत्र ३०, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट