logo

२०८३ असार २१ आईतवार

logo
  • २०८३ असार २१ आईतवार
  • डोल्पामा लेदोसहितको बाढी : एक जनाको मृत्यु, ६ जना घाइते

    793Shares
    डोल्पामा लेदोसहितको बाढी : एक जनाको मृत्यु, ६ जना घाइते

    रुकुम पश्चिम। डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा आइतबार बिहान लेदोसहितको बाढी गाउँमा पस्दा ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको छ ।  ६ जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तर वर्षापछि धुलाखोलामा आएको हिलोमाटोसहितको बाढी बिहान करिब ३ बजे बस्तीमा पसेर करिब आठ वटा घरमा क्षति पुर्‍याएको थियो। प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएकी आनन्दी विकको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

    घाइतेमध्ये पाँच जना उपचारपछि घर फर्किएका छन् भने एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको छ। घटनास्थलमा थप प्रहरी टोली परिचालन गरिएको छ । क्षतिको विवरण संकलन, उद्धार तथा राहत कार्य जारी रहेको प्रहरीले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ असार २१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट