logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • राजावादीले सडक छेक्दा विमानस्थल क्षेत्रमा यात्रुलाई हैरानी

    1.2KShares
    राजावादीले सडक छेक्दा विमानस्थल क्षेत्रमा यात्रुलाई हैरानी

    काठमाडौं- राजावादीको प्रदर्शनका कारण त्रिभुवन बिमानस्थल भएर आवातजावत गर्ने यात्रुलाई सास्ती भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन भएपछि यात्रुहरूलाई सास्ती भएको हो । त्रिभुवन विमानस्थल भएर जाने र फर्कने यात्रुहरू गेटैबाट आफ्नो सामान बोकेर भित्र जान बाध्य भएका छन् ।

    उनलाई स्वागत गर्न राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल र राजावादी विभिन्न संघसंस्थाहरु विमानस्थलको गेटसम्म पुगेका हुन् । उनीहरुले राष्ट्रिय झण्डा र ज्ञानेन्द्र शाहको फोटो भएको ब्यानर समेत बोकेका छन् । पूर्वराजा शाहको स्वागतका लागि भनेर भेला हुनेहरुको भिड बढ्दै गएपछि सवारी आवागमन पनि प्रभावित भएको छ ।

    काठमाडौंका विभिन्न स्थानबाट राजावादी कार्यकर्ताहरु एयरपोर्ट आउँदैछन् । दुर्गा प्रसाईंका समर्थकहरु अहिले तीनकुनेमा जम्मा भएका छन् । उनीहरु एकत्रित भएर एयरपोर्ट जाने तयारी छ ।

    साथै विमानस्थल प्रवेशमा कडाइका साथै निगरानी भइरहेको छ। गोल्डेन गेटबाट विमानस्थलमा आफन्त लिन तथा पुर्‍याउन जानेहरुलाई टिकट जाँच गरेरमात्रै पठाइएको छ। पठाओ र इन्डाइभलाई विमानस्थल प्रवेश गर्न दिइएको छैन।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट