काठमाडौं । प्लेअफको गणितीय सम्भावना जिवित राख्दै विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गरेको हो ।
जितसँगै विराटनगरले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । एनपीएलमा विराटनगरको यो दोस्रो जित हो ।
टीयू क्रिकेट मैदानमा विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन मात्र बनाउन सक्यो ।
जारी प्रतियोगितामा ६ खेल खेलिसकेको विराटनगरको यो दोस्रो जित हो । विराटनगरले अब प्लेअफमा पुग्न अरु टिमको नतिजामा भर पर्नुपर्छ । ६ खेलमा तेस्रो हार व्यहोरेको चितवनलाई पनि अब प्लेअफ पुग्ने बाटो कठिन बनेको छ ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd