logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • चितवनविरुद्ध विराटनगरको फराकिलो जित

    841Shares
    चितवनविरुद्ध विराटनगरको फराकिलो जित

    काठमाडौं । प्लेअफको गणितीय सम्भावना जिवित राख्दै विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ ।  शुक्रबार भएको खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गरेको हो ।

    जितसँगै विराटनगरले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । एनपीएलमा विराटनगरको यो दोस्रो जित हो ।

    टीयू क्रिकेट मैदानमा विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन मात्र बनाउन सक्यो ।

    जारी प्रतियोगितामा ६ खेल खेलिसकेको विराटनगरको यो दोस्रो जित हो । विराटनगरले अब प्लेअफमा पुग्न अरु टिमको नतिजामा भर पर्नुपर्छ । ६ खेलमा तेस्रो हार व्यहोरेको चितवनलाई पनि अब प्लेअफ पुग्ने बाटो कठिन बनेको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार