logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • एनपीएल : जनकपुर सुदूरपश्चिमसँग ७२ रनले पराजित, अपराजित यात्रा टुङ्गियाे

    970Shares
    एनपीएल : जनकपुर सुदूरपश्चिमसँग ७२ रनले पराजित, अपराजित यात्रा टुङ्गियाे

    काठमाण्डाै। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बाेल्ट्सकाे चार खेलकाे अपराजित यात्रा टुङ्गिएकाे छ । आज भएकाे खेलमा जनकपुर सुदूरपश्चिम राेयल्सँग ७२ रनले पराजित भयाे ।सुदूरपश्चिमले दिएकाे १ सय २४ रनकाे लक्ष्य पछ्याएकाे जनकपुर १२ ओभर १ बलमा ५१ रनमा अलआउट भयाे । एनपीएलमा याे सबैभन्दा कम याेगफल हाे । यसअघि चितवन राइनाेजसँगकाे खेलमा पोखरा एभेन्जर्स ७४ रनमा समेटिएकाे थियाे ।

    जनकपुरका जाेशुआ ट्राेम्पले सबैभन्दा धेरै १३ रन बनाए । जनकपुरका अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका हरमीत सिंह, कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले २/२ विकेट लिए ।
    यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे सुदूरपश्चिम राेयल्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनायाे । सुदूरपश्चिमका विनाेद भण्डारीले ३३ रन बनाए । जनकपुर बाेल्ट्सका किशाेर महताेले ४ विकेट लिए ।

    यो जीतसँगै सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले ५ खेलमा ८ अङ्क जोडेको छ । जनकपुरले पनि ५ खेलमा ८ अङ्क जोडे पनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ । एनपीएलमा आजकाे दाेस्राे खेलमा दिउँसाे १ बजे काठमाण्डाै गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार