logo

२०८३ कार्तिक १८ मंगलवार

logo
  • २०८३ कार्तिक १८ मंगलवार
  • डोल्पामा हिमपातमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिँदै

    787Shares
    डोल्पामा हिमपातमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिँदै

    सुर्खेत — डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ दानिगडमा भारी हिमपातका कारण विगत केही दिनदेखि फसेका ६ जना भारतीय पर्यटकहरूको हेलिकप्टरमार्फत उद्धार कार्य भइरहेको छ। प्रसिद्ध शे–फोक्सुण्डो ताल भ्रमणका लागि आएका ती पर्यटकहरू उच्च हिमाली क्षेत्रमा भएको भारी हिमपातका कारण पदमार्ग अवरुद्ध हुँदा Danigad (दानिगड) मा अलपत्र परेका थिए।
    जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार कात्तिक १४ गते उनीहरू फसेको जानकारी प्राप्त हुनासाथ उद्धारको पहल थालिएको थियो र कात्तिक १५ गते आइतबार बिहानैदेखि हेलिकप्टरमार्फत उनीहरूको उद्धार भइरहेको छ।
    उद्धार भइरहेका पर्यटकहरूको विवरण:
    उद्धार गरिएका पर्यटकहरूमा दुई महिला र चार पुरुष गरी ६ जना भारतीय नागरिक रहेका छन्:
    १. मौमिता हाल्डर (Moumita Halder)
    २. पियाली कोली (Piyali Koley)
    ३. जजला त्रिवेद कुमार (Jajala Trived Kumar)
    ४. आदित्य सिंघा (Aditya Singha)
    ५. डिप्लिना बिस्वास (Diplina Biswas)
    ६. राजेश डे (Rajesh De)
    जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालद्वारा जारी जरुरी सूचनामा हालको मौसम प्रतिकूलताका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा थप जोखिम सिर्जना हुन सक्ने उल्लेख छ। प्रशासनले हिमाली क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा सबैलाई सजग, सतर्क र सुरक्षित रहन अपिल गरेको छ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट