काठमाडौं, साउन २१ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना प्रकरणमा नियमित कानुनी प्रक्रियाअन्तर्गत बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।
उक्त प्रकरणमा लामिछानेविरुद्ध दायर मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको छ। सोही मुद्दाको नियमित तारिख बुझ्न उनी अदालत पुगेका हुन्।
अभियोगअनुसार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट बाहिरिएको रकममध्ये गोर्खा मिडिया नेटवर्क तथा विभिन्न व्यक्तिका नाममा फर्जी खाता प्रयोग गरी २ करोड १३ लाख ९६ हजार रुपैयाँ स्थानान्तरण गरिएको दाबी गरिएको छ।
अदालतमा मुद्दाको सुनुवाइ प्रक्रिया जारी रहेकाले आरोपको अन्तिम कानुनी टुंगो भने लागिसकेको छैन। अब अदालतको आगामी सुनुवाइ र फैसला यस प्रकरणको निर्णायक आधार बन्नेछ।
प्रतिक्रिया