logo

२०८३ मंसिर २ मंगलवार

logo
  • २०८३ मंसिर २ मंगलवार
  • कांग्रेस कोशी प्रदेश अधिवेशन मंसिर १७ र १८ गते हुने

    880Shares
    कांग्रेस कोशी प्रदेश अधिवेशन मंसिर १७ र १८ गते हुने

    विराटनगर । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत कोशी प्रदेश कार्यसमितिको दोस्रो अधिवेशन आगामी मंसिर १७ र १८ गते हुने भएको छ।
    यसअघि मंसिर ४ गतेका लागि तय गरिएको अधिवेशन आज विराटनगरमा बसेको बैठकले मिति परिवर्तन गर्दै मंसिर १७ र १८ गते प्रदेश राजधानी विराटनगरमा सम्पन्न गर्ने निर्णय गरेको हो।

    यद्यपि, कांग्रेसभित्र महाधिवेशन प्रक्रियालाई लिएर नेतृत्वगत र संगठनात्मक गतिविधिमा भिन्नता देखिएको छ। गगन थापा नेतृत्वको कांग्रेसले यसअघि नै केन्द्रीय महाधिवेशन सम्पन्न गरी केन्द्रीय नेतृत्व चयन गरिसकेको भए पनि प्रदेश तथा जिल्ला तहका अधिवेशन भने अझै सम्पन्न गरेको छैन।

    केन्द्रीय नेतृत्व चयन भइसकेपछि पनि प्रदेश र जिल्ला तहको संगठनात्मक संरचनालाई पूर्णता दिने प्रक्रिया अघि नबढ्दा तल्लो तहका अधिवेशनको विषय चासोको रूपमा रहेको छ।



    फास्ट न्युज    
  • २०८३ मंसिर १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट