काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली पुनःस्थापना गर्न कांग्रेसले दुबो रोप्न सुरु गरेको छ । त्यसका लागि चितवनबाट दुबो ल्याइएको छ ।
आइतबार कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने अभियानमा सहभागी भएका थिए ।
महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचनाको निर्माण तथा भारी वर्षाका कारण खुलामञ्चको दुबोमा क्षति पुगेको थियो ।
काठमाडौँ महानगर समितिका सभापति सुशन वैद्यले खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धताअनुसार पुनःस्थापनाको काम सुरु गरिएको बताए ।
कांग्रेसले आगामी दिनमा नियमित सिँचाइ, मलखादको व्यवस्था तथा आवश्यक मर्मतसम्भार गरी खुलामञ्चको हरियाली संरक्षण गर्ने जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया