logo

२०८३ कार्तिक २९ शनिबार

logo
  • २०८३ कार्तिक २९ शनिबार
  • भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी

    916Shares
    भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी

    भक्तपुर । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको एक रेस्टुरेन्टमा शनिबार बिहान आगलागी भएको छ।

    शनिबार बिहान करिब ७ बजे आगलागी भएको हो। स्थानीय कविता ठकुरीका अनुसार विद्युत् लाइन सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

    आगलागीको खबर पाएलगत्तै दमकलसहितको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो। स्थानीयले सडकबाटै धुवाँ र आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    आगलागीको वास्तविक कारण खुल्न सकेको छैन। घटनाबाट भएको क्षतिको विवरणसमेत आउन बाँकी रहेको छ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक २९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट