logo

२०८३ मंसिर २ मंगलवार

logo
  • २०८३ मंसिर २ मंगलवार
  • भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ

    979Shares
    भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णले राजदूत पदको पद तथा गोपनीयताको शपथ लिएका हुन्।

    राष्ट्रपति पौडेलले नवनियुक्त तीनै जना राजदूतलाई शपथ गराएका थिए। शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।



    फास्ट न्युज    
  • २०८३ मंसिर १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट