logo

२०८३ मंसिर २ मंगलवार

logo
  • २०८३ मंसिर २ मंगलवार
  • बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो

    853Shares
    बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो

    बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

    सोमबार बिहान टुमेडाबाट वडा नं. ११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी बुङ्गल नगरपालिका–१० की ३५/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा, ५/६ वर्षीया डल्ली महरा र ४ वर्षीया रियास महराको मृत्यु भएको हो ।

    अटोमा चालकसहित ६ जना सवार रहेका थिए । दुर्घटनामा परेका १२/१३ वर्षीय विक्रम महरा भने सकुशल घर फर्किएको जनाइएको छ ।

    दुर्घटनापछि प्रहरीले अटो चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८३ मंसिर १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट