logo

२०८३ भाद्र ३० मंगलवार

logo
  • २०८३ भाद्र ३० मंगलवार
  • मन्त्री छनोटमा अल्झियो भट्ट सरकार, नेकपाभित्र बढ्यो आकांक्षीको दबाब

    847Shares
    मन्त्री छनोटमा अल्झियो भट्ट सरकार, नेकपाभित्र बढ्यो आकांक्षीको दबाब

    धनगढी,  सुदूरपश्चिममा नयाँ सत्ता समीकरणअनुसार सरकार गठन भए पनि मन्त्रिपरिषद् विस्तारमा देखिएको ढिलाइले मुख्यमन्त्री खगराज भट्टलाई सुरुमै राजनीतिक दबाबमा पारेको छ । नेकपाभित्र मन्त्रीका आकांक्षी धेरै भएपछि सीमित मन्त्रालयमा कसलाई समेट्ने भन्ने विषय पेचिलो बनेको हो ।

    सत्ता साझेदारीअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन मन्त्रालय पाउने समझदारी छ । एमालेतर्फको भागमा नियुक्ति अघि बढिसकेको अवस्थामा नेकपाभित्र भने मन्त्रीको नाम टुंग्याउन नसक्दा विस्तार रोकिएको बताइएको छ ।

    तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी पृष्ठभूमिबाट नेकपामा आएका नेताहरूले समेत सरकारमा सहभागिताको दाबी गरेपछि नेतृत्वमाथि दबाब थपिएको छ । विभिन्न समूह र पृष्ठभूमिलाई मिलाएर लैजानुपर्ने बाध्यता भट्टका लागि अर्को चुनौती बनेको छ ।

    यसैबीच एमाले नेता राजेन्द्रसिंह रावलले पूर्वमन्त्री सुरेन्द्र पाललाई पुनः सरकारमा ल्याउन सक्रियता देखाएको चर्चा पनि चलेको छ । रावल यसअघि सुदूरपश्चिमका मुख्यमन्त्रीसमेत भइसकेका नेता हुन् ।

    मन्त्री छनोटकै कारण पार्टीभित्र असन्तुष्टि बढ्न सक्ने आकलनपछि विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विकल्पमा समेत छलफल भइरहेको बताइएको छ । यसले भट्टका लागि सरकार चलाउनेभन्दा पहिले पार्टीभित्रको शक्ति सन्तुलन मिलाउने चुनौती थपिएको देखिन्छ ।



    फास्ट न्युज    
  • २०८३ भाद्र ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट