logo

२०८३ आश्विन २ शुक्रबार

logo
  • २०८३ आश्विन २ शुक्रबार
  • खोटाङ कांग्रेसमा अधिवेशनलाई लिएर रोजन राईको अपिल : ‘असोज ३ को होइन, १५ गतेको प्रक्रियामा सहभागी बनौँ’

    1.5KShares
    खोटाङ कांग्रेसमा अधिवेशनलाई लिएर रोजन राईको अपिल : ‘असोज ३ को होइन, १५ गतेको प्रक्रियामा सहभागी बनौँ’

    खोटाङ,  नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै खोटाङ कांग्रेसमा अधिवेशन प्रक्रियालाई लिएर देखिएको अन्योलबीच जिल्ला अधिवेशन तयारी समितिका संयोजक रोजन राईले नेता–कार्यकर्तालाई आधिकारिक कार्यतालिकाअनुसार अघि बढ्न आग्रह गरेका छन्।
    राईले विज्ञप्तिमार्फत असोज ३/४ गते हुने भनिएका वडा अधिवेशनमा सहभागी नहुन र असोज १५ गतेदेखि सुरु हुने निर्धारित अधिवेशन प्रक्रियामा सहभागी हुन खोटाङ कांग्रेसका नेता तथा कार्यकर्तालाई आह्वान गरेका हुन्।
    उनले पार्टीको आधिकारिक निर्णय, निर्देशन र निर्धारित कार्यतालिकालाई आधार बनाएर संगठनका गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन्। अधिवेशनको विषयमा उत्पन्न अन्योलका कारण नेता–कार्यकर्ता अलमलमा नपर्न आग्रह गर्दै राईले संयमता र धैर्य कायम गर्न अपिल गरेका छन्।
    विज्ञप्तिमा कांग्रेसभित्र देखिएको आन्तरिक विवाद र बेमेलप्रति समेत राईले चिन्ता व्यक्त गरेका छन्। पार्टीभित्रको विवादको कारणबारे विभिन्न प्रश्न उठिरहेको उल्लेख गर्दै उनले यसको समयमै स्पष्टता र उचित निकास आवश्यक रहेको बताएका छन्।
    राईले वर्तमान परिस्थितिमा आवेग, उत्तेजना र आरोप–प्रत्यारोपभन्दा एकता, आत्मीयता र लोकतान्त्रिक संस्कारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
    उनले खोटाङका नेता–कार्यकर्तालाई व्यक्तिको पक्ष वा विपक्षमा भन्दा सुदृढ संगठन निर्माण र १५औँ महाधिवेशन सफल बनाउने उद्देश्यमा केन्द्रित हुन आग्रह गरेका छन्।
    “हाम्रो लक्ष्य व्यक्ति होइन, सुदृढ संगठन निर्माण हो। हाम्रो शक्ति विवाद होइन, एकता र लोकतान्त्रिक मूल्य हो,” राईले विज्ञप्तिमा भनेका छन्।



    फास्ट न्युज    
  • २०८३ आश्विन २, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट