हेटौँडा, बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मतका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।
मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना २६ जना प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री थापामगरको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।
यसअघि सरकार गठनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समेत थापामगरलाई समर्थन गरेको थियो । तर, राप्रपाको समर्थनलाई लिएर प्रदेशको राजनीतिक वृत्तमा विवादसमेत देखिएको छ । राप्रपाभित्रै सरकारलाई समर्थन गर्ने निर्णय र त्यसको राजनीतिक औचित्यमाथि प्रश्न उठिरहेका बेला मुख्यमन्त्री थापामगर आज विश्वासको मत लिन लागेका हुन् ।
प्रदेश सभामा सत्ता गठबन्धनसँग पर्याप्त मत रहेकाले मुख्यमन्त्री थापामगरले विश्वासको मत सहजै प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया