logo

२०८३ श्रावण १२ मंगलवार

logo
  • २०८३ श्रावण १२ मंगलवार
  • सुनसरीमा फेरि अशान्ति चर्कियो, पकलीदेखि कोशी ब्यारेजसम्म अनिश्चितकालीन कर्फ्यु

    712Shares
    सुनसरीमा फेरि अशान्ति चर्कियो, पकलीदेखि कोशी ब्यारेजसम्म अनिश्चितकालीन कर्फ्यु

       सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको साम्प्रदायिक घटनापछि फेरि अशान्ति चर्किएसँगै जिल्ला प्रशासन कार्यालय सुनसरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत पकलीदेखि कोशी ब्यारेजसम्म अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरेको छ।

    मंगलबार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले बिहान राजमार्ग क्षेत्रबाट कर्फ्यु हटाइए पनि दिउँसो पुनः स्थिति बिग्रिएपछि कर्फ्यु पुनः लागू गर्नुपरेको बताए।

    उनका अनुसार अहिले सुरक्षा निकायले बल प्रयोग नगरी संवाद र समन्वयमार्फत अवस्था नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ। उनले सर्वसाधारणलाई समूहमा भेला नहुन, अफवाहमा विश्वास नगर्न र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेका छन्।

    प्रशासनले बिहानदेखि नै दुवै समुदायका प्रतिनिधिसँग निरन्तर संवाद गरिरहेको जनाएको छ। आपसी सद्भाव कायम राख्दै विवादलाई थप फैलिन नदिन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ।

    यसबीच मंगलबार दिउँसो कोशी कटान क्षेत्रमा रहेका होटल तथा पसलमा लुटपाट र आगजनी भएको छ भने इनरुवा क्षेत्रमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्। घटनापछि सुरक्षा व्यवस्था थप कडा पारिएको प्रशासनले जनाएको छ।

    यसअघि सोमबार साँझदेखि जिल्लाको सुरक्षा कमाण्ड सम्हालेका प्रमुख जिल्ला अधिकारी अर्यालले मंगलबार बिहान केही स्थानबाट कर्फ्यु हटाएका थिए। तर देवानगञ्ज र हरिनगर गाउँपालिकामा निषेधाज्ञा यथावत् राखिएको थियो। पछिल्लो घटनाक्रमपछि भने राजमार्गको पकली–कोशी ब्यारेज खण्डमा समेत कर्फ्यु विस्तार गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण १२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट