logo

२०८३ श्रावण १२ मंगलवार

logo
  • २०८३ श्रावण १२ मंगलवार
  • मानव बेचबिखन नयाँ स्वरूपमा फैलँदै, सामूहिक प्रयास अपरिहार्य : हरिवंश आचार्य

    754Shares
    मानव बेचबिखन नयाँ स्वरूपमा फैलँदै, सामूहिक प्रयास अपरिहार्य : हरिवंश आचार्य

    काठमाडौं । मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायराभन्दा बाहिर निस्केर नयाँ–नयाँ स्वरूपमा विस्तार भइरहेको भन्दै हास्य कलाकार हरिवंश आचार्यले यसको नियन्त्रणका लागि राज्य, सुरक्षा निकाय र समाजको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।

    मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आचार्यले प्रविधिको दुरुपयोग, वैदेशिक रोजगारीको प्रलोभन तथा संगठित आपराधिक सञ्जालका कारण मानव बेचबिखनका चुनौती थप जटिल बन्दै गएको बताए।

    उनका अनुसार अहिले मानव बेचबिखन चेलीबेटीमा मात्र सीमित नरही युवा, बालबालिका तथा विभिन्न प्रलोभनमा पारिएका व्यक्तिहरूसम्म फैलिएको छ। आकर्षक रोजगारी, उच्च आम्दानी र राम्रो जीवनशैलीको आश्वासन देखाएर विदेश पुर्‍याई शोषण गर्ने अपराध बढ्दै गएको उनले उल्लेख गरे।

    आचार्यले बदलिँदो अपराधको स्वरूपसँगै मानव बेचबिखन नियन्त्रण नेपाल प्रहरीका लागि पनि ठूलो चुनौती बनेको भन्दै सुरक्षा निकायले समयअनुसार आफ्नो क्षमता र रणनीति विकास गर्नुपर्ने आवश्यकता औंल्याए।

    उनले आधुनिक प्रविधि, विशेषगरी मोबाइल फोन र सामाजिक सञ्जालको दुरुपयोगले ठगी तथा मानव बेचबिखनका घटनामा वृद्धि भएको बताए। प्रविधिले जीवन सहज बनाए पनि यसको गलत प्रयोगले समाजमा गम्भीर विकृति निम्त्याइरहेको उनको भनाइ थियो।

    “धेरै नेपाली युवा–युवती आकर्षक अवसरको प्रलोभनमा परेर विदेश पुगिरहेका छन् र त्यहाँ अमानवीय तथा कष्टपूर्ण जीवन बिताउन बाध्य भइरहेका छन्,” उनले भने।

    मानव बेचबिखनविरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्न राज्य, सुरक्षा निकाय, नागरिक समाज तथा आम नागरिकबीच समन्वय र सहकार्य अपरिहार्य रहेकोमा आचार्यले जोड दिए।



    फास्ट न्युज    
  • २०८३ श्रावण १२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट