logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • मध्यम दूरीका आणविक हतियारको उत्पादन पुनः सुरु गर्ने पुटिनको चेतावनी

    मध्यम दूरीका आणविक हतियारको उत्पादन पुनः सुरु गर्ने पुटिनको चेतावनी

    507
    SHARES
    मध्यम दूरीका आणविक हतियारको उत्पादन पुनः सुरु गर्ने पुटिनको चेतावनी

    मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाले जर्मनी वा युरोपका अन्य स्थानमा क्षेप्यास्त्र तैनाथ गर्ने आफ्नो मनसाय पुष्टि गरेमा मध्यम दूरीका आणविक हतियारको उत्पादन पुनः सुरु गर्ने चेतावनी दिनुभएको छ ।



    “यदि संयुक्त राज्य अमेरिकाले यस्ता योजनाहरूलाई कार्यान्वयन गर्छ भने हामी आफूलाई मध्यम र छोटो दूरीको आक्रमण क्षमताको तैनाथी पहिले अपनाएको एकपक्षीय रोकबाट मुक्त भएको मान्नेछौँ”, सेन्ट पिटसबर्गमा नौसैनिक परेडका क्रममा उहाँले भन्नुभयो । उहाँले अहिले रुसमा यस्ता धेरै प्रणालीको विकास अन्तिम चरणमा रहेको बताउनुभयो ।

    राष्ट्रपति पुटिनले चेतावनी दिँदै भन्नुभयो, “हामी युरोप र विश्वका अन्य क्षेत्रमा अमेरिकाका उपग्रहहरूको गतिविधिहहरूलाई ध्यानमा राख्दै तिनीहरूको असर कम गर्न कदम चाल्नेछौँ ।” पाँच सयदेखि पाँच हजार पाँचसय किलोमिटरको बीचमा मार हान्न सक्ने क्षेप्यास्त्रहरू सन् १९८७ मा अमेरिका र सोभियत सङ्घले हस्ताक्षर गरेको हतियार नियन्त्रणसम्बधी सन्धिको विषय थियो ।

    तर वासिङ्टन र मस्को दुवैले सन् २०१८ मा मध्यम दूरीको आणविक बल सन्धिबाट फिर्ता लिए र एकअर्कामाथि उल्लङ्घनको आरोप लगाए । पछि रुसले संयुक्त राज्य अमेरिकाले विदेशहरूमा क्षेप्यास्त्र तैनाथ नगरेसम्म यस्ता क्षेप्यास्त्रहरूको उत्पादन पुनः सुरु नगर्ने बताएको थियो ।

    जुलाईको प्रारम्भमा वासिङ्टन र बर्लिनले जर्मनीमा टमहक क्रुज क्षेप्यास्त्रसहित लामो दूरीको अमेरिकी क्षेत्रप्यास्त्रको ‘एपिसोडिक तैनाथी’ सन् २०२६ देखि सुरु हुने घोषणा गरे ।

    पुटिनले भन्नुभयो, “महत्त्वपूर्ण रुसी प्रशासनिक र सैन्य स्थल यस्ता क्षेप्यास्त्रहरूको सीमामा आउनेछन् जुन भविष्यमा आणविक हतियारले सुसज्जित हुनसक्छ , जस्तो कि आक्रमण सुरु भएको करिब १० मिनेटभित्र यी क्षेप्यास्त्र हाम्रो क्षेत्रमा हुनेछन् ।”रुसी राष्ट्रपतिले अमेरिकाले हालैका अभ्यासमा डेनमार्क र फिलिपिन्समा टाइफन मध्यम दूरीको क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको बताउनुभयो ।

    शीतयुद्धको सम्झना 

    “यो अवस्थाले हामीलाई युरोपमा अमेरिकी पर्सिङ मध्यम दूरीको क्षेप्यास्त्रहरूको तैनाथीसँग जोडिएको शीतयुद्धका घटनाहरूको सम्झना गराउँछ”, पुटिनले भन्नुभयो । सन् १९८० को दशकमा शीतयुद्धको चरम अवस्थामा पश्चिम जर्मनीमा अमेरिकी पर्सिङ ब्यालेस्टिक क्षेप्यास्त्रहरू तैनाथ गरिएको थियो । जर्मनी एकीकरण र सन् १९९० को दशकसम्म अमेरिकी क्षेप्यास्त्रहरू तैनाथ भइरहे ।

    तर शीतयुद्धको समाप्तपछि मस्कोबाट खतरा कम भएकाले संयुक्त राज्य अमेरिकाले युरोपमा तैनाथ क्षेप्यास्त्रहरूको सङ्ख्या उल्लेखनीय रूपमा कम गर्यो । प्रस्तावित अमेरिकी तैनाथीको अर्थ युरोपेली राजधानीहरू रुसी क्षेप्यास्त्रहरूका लागि लक्ष्य बन्ने क्रेमलिनले मध्य जुलाईमा चेतावनी दिएको थियो । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले एक सरकारी टिभी संवाददातासँग भन्नुभयो, “हामी शीतयुद्धतर्फ स्थिर कदम चालिरहेका छौँ, शीतयुद्धका सबै विशेषताहरू प्रत्यक्ष टकरावका साथ फर्किरहेका छन् ।”


    फास्ट न्युज
  • आइतबार, १३ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट